पाेशाकले बढाएकाे छ आइडलका प्रतिष्पर्धीकाे आत्मविश्वास

  चैत ०७, २०७६

काठमाडौं, चैत ६ : हरेक हप्ता सुटिङको दिन विहानैदेखि नेपाल आइडलका उत्कृष्ट पाँच प्रतिष्पर्धी बाटो हेरेर बस्नुहुन्छ । गेटबाट भित्र पस्न नपाउँदै सोधिहाल्नुहुन्छ ।

‘आज मेरो लागि लुगा राम्रो छ नि है ?’ उहाँहरु एकैपटक आ–आफ्ना लुगा हेर्न हतारिनुहुन्छ । लुगा शरीरमा चिटिक्क मिलेपछि स्टेजमा अभ्यास गर्न उहाँहरु हतारिनुहुन्छ ।

लुगाका शौखिन सहभागीहरुको यो रमाइलो अनुभव डिजाइनर राधा ढकाल सुनाउनुहुन्छ । अहिले एपि वान टेलिभिजनबाट नेपालको ठूलो गायन रियालिटी शो “नेपाल आइडल सिजन–३” प्रसारण भइरहेको छ । जहाँ हामीले टप टेन हुँदै टप फाइभसम्मका सहभागीहरु देख्नसक्छौं ।

नेपाल आइडलको टप टेनबाट नै सहभागी, निर्णायक र उद्घोषकहरुका डिजाइनर राधा ढकालले लुगा डिजाइन गरिरहुनभएको छ । उहाँको विचारमा सुहाउँदो लुगा आत्मविश्वास बढाउने एक महत्वपूर्ण शुत्र भएको उहाँ बताउनुहुन्छ ।

सहभागी मेघा श्रेष्ठ, मुस्कान रानाभाट र सज्जा मैनालीले हरेक हप्ताको गायनमा पाउने प्रशंसामा लुगाको भूमिका महत्वपूर्ण हुने गरेको भनाइ राख्नुहुन्छ । त्यस्तै, उहाँका डिजाइनिङले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उत्कृष्ट पहिचान बनाउन सफल भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया