भारतको मध्यप्रदेशमा राजनीतिक संकट, मुख्यमन्त्रीले दिए राजीनामा

  चैत ०७, २०७६

भोपाल, चैत ७ : भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिनु भएको छ । सत्तारुढ भारतीय राष्ट्रिय काङ्ग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा काङ्ग्रेसले बहुमत गुमाएको थियो ।

भोपालमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलनाथले आफूले राज्यका गभर्नर समक्ष राजीनामा बुझाएको जानकारी दिनुभयो । बिहीबार भारतीय सर्वोच्च अदालतले शुक्रबार संसदमा विश्वासको मत लिन मुख्यमन्त्री कमलनाथ सरकारलाई आदेश दिएको थियो ।

काङ्ग्रेसका युवानेता ज्योतिरानन्द सिंधिया भारतीय जनता पार्टीमा प्रवेश गरेसँगै २२ जना काङ्ग्रेसका सांसदले पार्टी छाडेर भाजपा प्रवेश गरेको घोषणा गरेका थिए ।

यसैबीच विधानसभाका सभामुख एनपी प्रजापतीले १६ जना सांसदले बुझाएको राजीनामा स्वीकार गर्नु भएको छ । साथै उहाँले भाजपाका एक सांसदको पनि राजीनामा स्वीकृत गर्नु भएको छ । यसअघि नै अरु ६ जना काङ्ग्रेस आबद्ध सांसदले दिएको राजीनामा पनि सभामुखले स्वीकृत गरिसक्नु भएको थियो ।

तपाईको प्रतिक्रिया