एसएमएस वाइपास…

  चैत ०७, २०७६

काठमाडौँ, चैत ६ : कल वाइपास सबैले सुन्दै आएको हो, तर एक जना भारतीयले भने एसएमएस नै वाइपास गरेको तथ्य फेला पारेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यसरी अत्याधुनिक प्रविधिको प्रयोग गरी एसएसमएस वाइपास गरेको नेपालमा पहिलो भएको दाबी गरेको छ । उक्त अवैध कार्यमा संलग्न रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

उनले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिइ उपकरण राखी गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय एसएसएस वाइपास गर्ने गरेको खुलेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२५ टङ्गालस्थित तुलसी महर्जनको घरमा कोठा भाडामा लिई बस्दै आएका भारतका ३५ वर्षका प्रशान्त साह रहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

शाहमाथि दुरसञ्चार ऐन, २०५३ अन्तर्गत कारवाही थालिएको छ । उनको साथबाट प्रहरीले विभिन्न सञ्चार उपकरण बरामद गरेको छ । यस्तै तीस थान नेपाल टेलिकमको सिम र १८५ थान एनसेलको सिमसमेत बरामद गरिएको छ । प्रहरीका अनुसार अनुसन्धानमा विगतमा कल वाइपास गर्दै आएकोमा अहिले नयाँ तरिकाले एसएसएस वाइपास गर्ने गरेको फेला परेको हो । उनले उक्त कामका लागि सबै उपकरण भारतबाटै ल्याएको खुल्न आएको छ । वाइपासमा उनी एक्लै सहभागी भएको समेत प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया