प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता

  चैत ०४, २०७६

काठमाडौँ, चैत ४ : प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा विचार–विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया