असिनाले बेमौसमी तरकारीमा क्षति

  चैत ०४, २०७६

सल्यान, चैत ४ : बेमौसमी तरकारी खेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको कपुरकोट गाउँपालिकामा परेको असिनाले तरकारी तथा खाद्यबालीलाई पूर्णरूपमा क्षति पु¥याएको छ ।

गाउँपालिकाका सबै क्षेत्रमा असिना परेर बेमौसमी तरकारी नष्ट पारेको कपुरकोट गाउँपालिका–१ बाँजबोटका बमबहादुर कँुवरले जानकारी दिए । ‘असिनाले १४ रोपनीमा लगाएको बेमौसमी तरकारी पूर्णरूपमा क्षति भएको छ, असिनाले वर्षभरिको आम्दानीको बाटो बन्द भएको छ ।’ उनले भने । कँुवरका अनुसार बाँजबोटमा रहेका २० घरपरिवारको करिब २०० रोपनीमा लगाएको तरकारी बाली नष्ट भएको छ ।

खुर्सानी, टमाटर, भेडेखुर्सानी, लसुन, काँक्रा, तितेकरेलालगायतका तरकारीमा पूर्णरूपमा क्षति पु¥याएको कृषक ओजबहादुर खड्काले जानकारी दिए । ‘मैले १३ रोपनीमा तरकारी खेती गरेको थिएँ, अहिले असिनाले पूरै सखाप पारेको छ, बारीबाट एक केजी तरकारी आउने अवस्था छैन, परिवारको गर्जो कसरी टार्ने आम्दानीको बाटो बन्द भयो’, उनले भने ।

        कपुरकोट–३ पाखापानीका किसान भीमबहादुर बुढाले आफ्नो एक लाख ५० हजार बढीको तरकारी खेतीमा क्षति पुगेको जानकारी दिए । ‘हाम्रो मुख्य पेशा भनेको यही तरकारी खेती थियो, छ रोपनीमा लगाएको काउली, टमाटर र केराउबाली सबै खत्तम भयो’, उनी भने ।

कपुरकोट–५ का किसान पूर्भान पुनको फलफूल खेतीमा पनि क्षति पुगेको छ । असिनापानीले तरकारीको नर्सरी, प्लास्टिक घरको प्लास्टिकमा समेत क्षति पु¥याएपछि कृषक चिन्तित बनेका छन् ।

गाउँपालिकाका रिम, सिनवाङ, लेकसल्लामा, सारपानी गर्पा, धनबाङ, मूलपानीलगायतका क्षेत्रमा क्षति पु¥याएको कपुरकोट गाउँपालिाका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिए । ‘तरकारीको बेर्ना बारीमा भर्खर सार्ने बेला भएको थियो, ठूलो असिना परेर सबै बालीनालीमा ठूलो क्षति पु¥याएको छ, यसबारेमा कसरी अगाडि बढ्ने भन्ने छलफल गरेर अगाडि बढ्छाँै’, उनले सेनले भने । करिब १० करोडभन्दा बढीको क्षति भएको अनुमान छ, अब सबै तथ्याङ्क सङ्कलन गरेपछि यथार्थ विवरण आउँछ अनि गाउँपालिाकाले रणनीति तयार गर्ने छ’, अध्यक्ष सेनले भने ।

बेमौसमी तरकारीका लागि प्रसिद्ध कपुरकोट क्षेत्रमा क्षति पु¥याएपछि उत्पादन घट्ने निश्चित भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै कपुरकोट क्षेत्रबाट करिब ३४ करोड बराबरको बेमौसमी तरकारी निर्यात भएको थियो ।

तपाईको प्रतिक्रिया