अष्ट्रेलियाका गृहमन्त्रीलाई पनि कोरोनाभाइरस संक्रमणको आशंका

  फागुन ३०, २०७६

सिड्नी, फागुन ३० : अष्ट्रेलियाका गृहमन्त्री पीटर डुटोनलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको समाचारमा जनाइएको छ । उहाँलाई शुक्रबार बिहान ज्वरोका साथै घाँटीमा समस्या आएपछि जाँच गराउनु भएको र कोरोना भाइरस पोजेटिभ देखिएको सिड्नीबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

अप्ट्रेलियाली सरकारका एकजना प्रभावशाली सदस्यका साथै यहाँको अध्यागमनसम्बन्धी कानूनका एक मस्यौदाकार रहनुभएका गृहमन्त्री अस्पतालमा क्वारेन्टाइनमा प्रवेश गर्नुभएको यहाँका राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

क्यानाडाली प्रधानमन्त्रीकी श्रीमतीलाई पनि कोरोना संक्रमण यसैबीच शुक्रबार बिहान प्राप्त भएको अर्काे एक समाचारमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण देखा परेको छ ।

बिहीबार साँझ गरिएको स्वास्थ्य परीक्षणपछि कोरोना भाइरस सकारात्मक देखिएको प्रधानामन्त्री कार्यालयले शुक्रबार बिहान एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ ।

बिहीबार एक सार्वजनिक कार्यक्रममा सहभागी भएर फर्किएकी उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको र परीक्षणका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको बताइएको छ ।

उक्त विज्ञप्तिमा यहाँका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठीक रहेको र श्रीमती सोफी ग्रेगोइयर ट्रूडोको स्वास्थ्य परीक्षणबाट कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा राखिसकिएको जनाइएको छ ।

उक्त विज्ञप्तिमा यहाँका नागरिकलाई आश्वासन दिँदै क्यानाडाका प्रधानमन्त्रीकी श्रीमतीलाई कोरोनाको सामान्य संक्रमण देखिएको र उपचार सुरु भएको बताइएको समाचारमा जनाइएको छ ।

प्रधानमन्त्रीको भने स्वास्थ्य राम्रो भएको र उहाँमा कुनै लक्षण नदेखिएको उक्त विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री श्रीमती डाक्टरको सल्लाहअनुसार उहाँहरु दुई हप्तासम्म एक्लै बस्ने जनाइएको छ ।

क्यानाडामा पछि पछिल्ला दिनमा यो संक्रमणको असर देखिएको छ । यहाँका विभिन्न छ ओटा राज्यमा १५० जनामा यो संक्रमण देखिएको छ ।

यहाँ अहिलेसम्म एकजनाको मृत्यु भएको क्यानाडाका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । उनीहरुका अनुसार यो संक्रमणको नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चालिसकेको छ ।

तपाईको प्रतिक्रिया