स्मार्टबोर्डबाट पठन पाठन भएपछि छात्रछात्रा खुशी

  फागुन २७, २०७६

रोल्पा, फागुन २७ : जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालयले स्मार्टबोर्डबाट पठनपाठन शुरुआत गरेको छ । शैक्षिक उन्नयन गर्न भन्दै विद्यालयले २२ लाख लगानीमा सो बोर्ड जडान गरी पठनपाठन शुरु गरेको हो ।

स्मार्टबोर्डबाट पठनपाठन हुन थालेपछि छात्रछात्रा औधी खुशी भएका छन् । किताब पढ्दा नबुझेका कतिपय कुरा स्मार्टबोर्डबाट अध्ययन गर्दा सहजै बुझिने गरेको कक्षा ९ का छात्र पुष्पराज शर्माल शर्माले बताए ।

श्रव्यदृश्यका माध्यमबाट पठनपाठन हँुदा छात्रछात्रले पनि रमाइलो मानेर ध्यानपूर्व सुन्ने गर्दछन् । चक, डस्टर तथा मार्करको प्रयोग कम हुँदा हामीलाई समेत सहजता भएको छ । ’ शिक्षक टेकनाथ आचार्यले भने ।

हाल विद्यालयको कक्षा ९ का पाँच र कक्षा १० का चार गरी नौ सेक्सनमा स्मार्टबोर्ड जडान गरिएको सहायक प्रधानाध्यपक लेखमणि खड्काले जानकारी दिए । प्रयोगको प्रभावकारिता हेरेर आगामी वर्ष थप कक्षामा विस्तार गर्दै लगिने विद्यालयले जनाएको छ ।

प्राविधिक ज्ञान तथा अभ्यस्तताको अभावका कारण सबै शिक्षकले स्मार्टबोर्ड प्रयोग गर्न नजान्दा विद्यालयको सबै कक्षामा जडान गर्न सकिएको छैन’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले भने । गणित शिक्षणका लािग स्मार्टबोर्ड निकै सहयोग भएको छ, सो विद्यालयका गणित शिक्षक एलएम आचार्यले भने, ‘ग्राफ, रेखा र चित्र बनाउन निकै सहज हुन्छ ।’

छात्रछात्राको अत्यधिक चाप रहेको सो विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म दुई हजार ६०० विद्यार्थीले अध्ययन गर्दछन् ।

तपाईको प्रतिक्रिया