हेरामाया बुद्धिचालको उपाधि सुजनालाई

  फागुन २६, २०७६

काठमाडौँ, फागुन २५ : हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगिताको उपाधि गोल्डेनगेट कलेजकी सुजना लोहनीले जित्नुभएको छ । आज खेल सम्पन्न हुँदा उहाँले सात चरणमा ६ दशमलव ५ अंक जोड्नुभयो ।

प्रतियोगितामा काठमाडौँकी सिन्डिरा जोशी ६ अङ्कसाथ दोस्रो हुनुभयो । धनुषाकी स्नेहा यादव ५ दशमलव ५ अङ्कसाथ तेस्रो हुनुभयो । उहाँहरुले क्रमशः रु २५ हजार, रु १५ हजार र रु आठ हजार पुरस्कार प्राप्त गर्नुभयो ।

यस्तै काठमाडौँकी आभा पुडासैनी चौथो तथा मिसन युथ क्लबकी सन्तोषी विक पाँचौँ हुनुभयो । उहाँहरुले क्रमशः रु छ हजार तथा रु चार हजार पुरस्कार प्राप्त गर्नुभयो । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

काठमाडौँ जिल्ला बुद्धिचाल सङ्घद्वारा आयोजित तीनदिने प्रतियोगितामा ३९ खेलाडीको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया