सहयोग सामग्री हस्तान्तरण

  फागुन २६, २०७६

काठमाडौँ, फागुन २६ : नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई न्यूनीकरण गर्न संस्थाका उपाध्यक्ष दीपककुमार मलहोत्राको संयोजकत्वमा समिति गठन गरेको छ । सो समितिमा कार्यसमितिका सदस्य मृगेन्द्रमेहर श्रेष्ठ, नवराज ढकाल, दीपक श्रेष्ठ, दीपक कुँवर, देवेन्द्रभक्त श्रेष्ठ, सुरेन्द्र शारदा, सञ्जय अग्रवाल, त्रिभुवनधर तुलाधर, राजु श्रेष्ठ, अजुन शर्मा, ज्योतिप्रकाश पाण्डे र आनन्दकुमार अग्रवाल बगारीय रहेका छन् ।

सस्थाले सो भाइरसको जोखिम न्यूनीकरणमा सहयोग पु¥याउन थर्मामिटर गन, मास्क, प्राइम किट, प्रिमियम सेट (पिपीइ सेट), स्प्रिट, फुलगाउनलगायतका सामग्री सरकारलाई हस्तान्तण गरेको छ । आइतबार यहाँ आयोजित कार्यक्रममा संस्थाले त्रिभुवन विमानस्थल हवाई उड्डयन कार्यालय, अन्तर्राष्ट्रिय तथा आन्तरिक टर्मिनल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुलाई ती सामग्री हस्तान्तरण गरेको हो ।

संस्थाका अध्यक्ष राजेशकाजी श्रेष्ठले अहिलेसम्म भाइरस संक्रमण नदेखिए पनि जोखिम आउन नदिन सचेतनालाई ध्यान दिन आग्रह गरे । उनले औषधि, मास्क, सेनिटाइजरलगायतका सामग्री सहज आपूर्तिको व्यवस्था मिलाउन सहजीकरण गर्ने जानकारी दिए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा महेन्द्रप्रसाद श्रेष्ठले अहिलेसम्म कोभिड–१९ को संक्रमण नदेखिएता पनि सावधानी अपनाउनुपर्नेमा जोड दिए । उनले साबुन पानीले पटक–पटक हात धुन, भीडमा नजान र जानुपर्दा मास्क लगाउन आग्रह गर्दै श्वासप्रश्वासमा समस्या आएको शंका लाग्नासाथ स्वास्थ्य संस्थामा जान सल्लाह दिए ।

त्रिभुवन विमानस्थल हवाई उड्डयन कार्यालय गौचरणका निर्देशक देवचन्द्रलाल कर्णले विमानमा आवश्यक जाँच गर्ने , विमानस्थलमा स्प्रे छर्ने, व्यक्तिलाई शंका लाग्दा छुट्टै राख्ने र झरेपछि पनि परीक्षण गर्ने गरिएको बताए । चेम्बरका सामाजिक तथा स्वास्थ्य समितिका सभापति मृगेन्द्रमेहर श्रेष्ठले बजारमा औषधि अभाव नरहेको बताए । उनले भने, ‘अहिलेसम्म नेपालमा औषधिको अभाव छैन र तत्काल अभाव हुने देखिँदैन, त्यसैले भ्रमको पछि लाग्नु हुँदैन ।’

तपाईको प्रतिक्रिया