आइसिसी विश्वकप लिग दुई : नेपाल घरेलु मैदानमा ओमानसित पराजित

  माघ २३, २०७६

काठमाडौं, २२ माघ : आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल घरेलु मैदानमा ओमानसँग पराजित भएको छ । ओमानले नेपाललाई १८ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ओमानले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै १९७ रन बनायो ।

एक सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४६ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १७९ रनमा समेटियो । ब्याटिङ गर्ने क्रममा ओमानका लागि मोहमद नदिमले ६९ रन बनाउनुभयो । उहाँले दुई छक्का र पाँच चौका प्रहार गर्नुभयो ।

यस्तै सन्दिप गौडले ३३, नशिम खुशीले २८, जेशन मक्सुदले २० र अकिब ल्यासले १६ रन बनाउनुभयो । ओमानले पहिलो ओभरको अन्तिम बलमा जतिन्दर सिंहको रुपमा पहिलो विकेट गुमाएको थियो । उहाँलाई करन केसीले एक रन बनाएको अवस्थामा पेभेलियन फर्काउनुभएको हो । ओमानले छ दशमलव चार ओभरमा १९ रनको स्कोर छँदा दोस्रो विकेट गुमाएको थियो । खबर अलीलाई व्यक्तिगत पाँच रनको स्कोरमा करन केसीले नै आउट गर्नुभएको हो । तेह्रौँ ओभरको तेस्रो बलमा अकिब ल्यास व्यक्तिगत १६ रनको स्कोरमा रन आउट हुनुभयो । त्यो बेला ओमानले ३९ रन बनाएको थियो ।

यस्तै सुशन भारीले खेलको १९औँ ओभरको चौथो र अन्तिम बलमा विकेट लिनुभयो । ओमानको स्कोर ५७ भएको अवस्थामा सुशनले जेशन मक्सुदलाई चौंथो विकेटको रुपमा पेभेलियन फर्काउनुभयो भने टोलीको स्कोर ५७ रन भएकै अवस्थामा नेपाली मूलका ओमानका खेलाडी सुरज कुमारलाई पाँचौँ विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्लद्वारा क्याच आउट गराउनुभयो ।

मक्सुदले २० रन बनाउनुभयो । सुरजकुमार खाता नै नखोलिकन पेभेलियन फर्कनुभयो । सुशनले ३८औँ ओभरमा सन्दिप गौडलाई छैटौँ विकेटका रुपमा पेभेलियन फर्काउनुभयो । उहाँले ३३ रन बनाउनुभयो । खेलको ४१ दशमलव चार ओभरमा ओमानले सातौँ विकेट गुमाएको थियो । बादल सिंहलाई पाँच रनमा उपकप्तान दीपेन्द्रसिंह ऐरीले आउट गर्नुभयो ।

नेपालका लागि ४६औँ ओभर सबैभन्दा महँगो सावित भयो । सो ओभरमा अभिनाश बोहराले १४ रन खर्चिनुभयो । ओमानले ४८औँ ओभरमा लगातार दुई विकेट गुमायो । करन केसीले ती दुवै विकेट लिनुभएको थियो । खेल अवधिभर ओमानले पाँच छक्का हान्यो । ओमानले ३६औँ ओभरमा दीपेन्द्रको बलमा पहिलो छक्का हानेको थियो ।

त्यसपछि उसले खेलको ४३औँ ओभरमा सन्दिप लामिछानेको बलमा दोस्रो छक्का प्रहार ग¥यो । यस्तै ४९औँ ओभरमा अभिनाश बोहराको बलमा तेस्रो छक्का तथा अन्तिम ओभरमा करन केसीको बलमा लगातार दुई छक्का प्रहार ग¥यो ।

बलिङतर्फ नेपालका लागि करन केसीले चार, सुशन भारीले तीन तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिनुभयो । करनले नौ ओभर बलिङ गर्दै एक मेडन राखी ४७ रन खर्चिनुभयो । यस्तै आफ्नो डेब्यु खेलमै सुशनले उत्कृष्ट खेल प्रदर्शन गर्नुभयो । उहाँ नेपालकै किफायती बलर सावित हुनुभयो । सुशनले १० ओभर बलिङ गर्दै एक मेडन राखेर मात्र १४ रन खर्चिनुभयो । दीपेन्द्रले पाँच ओभर बलिङ गरी २२ रन खर्चिनुभयो । ओमानसितको खेलमा सन्दिप लामिछानेले भने दर्शकलाई निराश पार्नुभयो ।

उहाँले कुनै विकेट लिनसक्नु भएन् । उहाँले १० ओभर बलिङ गर्दै एक मेडन राखेर ४५ रन विपक्षी टोलीलाई दिनुभयो । जवाफी ब्याटिङ गर्ने क्रममा नेपालको शुरुआत राम्रो रहेन । नेपालले चौंथो ओभरमा पहिलो विकेटको रुपमा कप्तान ज्ञानेन्द्रलाई गुमायो । त्यो बेला नेपालको स्कोर मात्र चार रन थियो ।

यस्तै खेलको पाँचांै ओभरमा टोलीको स्कोर चार रन छँदा पारश एक रन बनाएर आउट हुनुभयो । नेपालले आठ ओभरमा दुई विकेट गुमाएर मात्र १२ रन बनाउन सकेको थियो । दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले नेपालको पारीलाई उकास्नुभयो । दुवै जनाले ६२ रनको साझेदारी गर्नुभयो । खेलको २१औँ ओभरमा दीपेन्द्र व्यक्तिगत ३६ रन बनाउँदै मोहमद नदिमको बलमा बोल्ड हुनुभयो । त्यो बेला नेपालको स्कोर ६६ थियो । उहाँले ५७ बलमा एक छक्का र पाँच चौका हान्नुभयो ।

यस्तै खेलको २४औँ ओभरमा नेपालले लगातार दुई विकेट गुमायो । चौथो विकेटका रुपमा आरिफ शेख तथा पाँचौँ विकेटका रुपमा रोहितकुमार पौडेललाई गुमाउनु प¥यो । नेपालको स्कोर ७३ छँदा आरिफ छ रन बनाएर पेभेलियन फर्किनुभयो । रोहित पहिलो बलमै आउट हुनुभयो । खेलको २९औँ ओभरमा नेपालले सय रन पूरा ग¥यो । खेलको ३३औँ ओभरमा विनोद भण्डारी खबर अलीको बलमा सन्दिप गौडद्वारा क्याच आउट हुनुभयो । उहाँले २५ बलमा एक छक्का तथा दुई चौका प्रहार गर्नुभयो ।

यस्तै करन केसी ३७औँ ओभरमा पेभेलियन फर्किनुभयो । उहाँ शून्य रनमै आउट हुनुभयो । ३९ औँ ओभरको पाँचौँ बलमा सन्दिप लामिछानेले जीवनदान पाउनुभयो । ४४औँ ओभरमा शरद भेषवाकर ५५ रन बनाउँदै अकिब लियासको बलमा बोल्ड हुनुभयो । उहाँले एक सय आठ बल खेल्दै पाँच चौका प्रहार गर्नुभयो ।

यस्तै ४५औँ ओभरमा सन्दिप २८ रन बनाउँदै आउट हुनुभयो । उहाँले २७ बल खेल्दै एक छक्का तथा तीन चौका हान्नुभयो । नेपालले ४६ दशमलव पाँच ओभरमा सबै विकेट गुमायो । नेपालका लागि पहिलो छक्का उपकप्तान दीपेन्द्रसिंह ऐरीले खेलको १७औँ ओभरमा प्रहार गर्नुभएको थियो । दोस्रो छक्का ३१औँ ओभरमा बादल सिंहको बलमा विनोद भण्डारीले हान्नुभयो ।

यस्तै कलिमउल्लाहको बलमा ३९औँ ओभरमा सन्दिप लामिछानेले नेपालका लागि तेस्रो छक्का प्रहार गर्नुभयो । बलिङतर्फ ओमानका लागि जेशन मक्सुदले तीन, बिलाल खान र कलिमउल्लाहले दुई दुई तथा मोहमद नदिम, खवर अली र एक्विब लियासले एक एक विकेट लिनुभयो । यस सिरिजको पहिलो खेलमा नेपालबाट सुशन भारी र अभिनाश बोहरा तथा ओमानबाट बादल सिंहले डेब्यु गर्नुभएको थियो । खेलको म्यान अफ दी म्याच ओमानका मोहमद नदिम घोषित हुनुभयो । सिरिजको दोस्रो खेल बिहीबार ओमान र अमेरिकाबीच हुनेछ ।

तपाईको प्रतिक्रिया