सुन प्रतितोला ८ सयले घट्यो

  माघ २२, २०७६

काठमाडौं, २२ माघ : स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार दुई सय र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार नौ सय रुपैयाँमा झरेको छ ।

आइतबार र सोमबार स्थिर रहेको छापावाला सुनको मूल्य मंगलबार प्रतितोला पाँच सयले घटेर ७६ हजार र तेजाबी सुनको मूल्य ७५ हजार सात सय रुपयाँ पुगेको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले घटेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला आठ सय ७५ रुपैयाँ तोकेको छ ।

तपाईको प्रतिक्रिया