साढे १४ करोड तलब भएका बैंकर पारस शाह–स्यान्डविच चोरीको आरोपमा बर्खास्त

  माघ २२, २०७६

काठमाडौं, माघ २२  कार्यालयबाट स्यान्डविच चोरेपछि एक उच्च ओहदाका बैंकरलाई कम्पनीको जागिरबाट हात धुनुपरेको छ । ३१ वर्षीय पारस शाह बर्सेनि साढे १४ करोड रुपैयाँभन्दा बढी कमाउँथे । उनलाई यो चोरी काण्डपछि युरोप, मध्यपूर्व तथा अफ्रिकाको सिटी ग्रुपको प्रमुखबाट हटाइएको छ ।

‘फाइनान्सियल टाइम्स’ को समाचार अनुसार बैंकले पारसलाई कैयौं आरोपपछि निलम्बन गरेको छ । जसमध्ये एक अफिसको क्यान्टिनबाट खानेकुरा चोर्नु पनि हो । यद्दपी उनले हालसम्म क्यान्टिनबाट कति पटक स्यान्डविच चोरेका छन भन्ने खुलाइएको छैन ।

पारस शाह युरोपमा सर्वाधिक ठूलो क्रेडिट ट्रेडरमध्यो एक हुन । कर्मचारीको समीक्षाको एक वेबसाइट ग्लासडोरका अनुसार सामान्य रुपमा युरोपमा एक क्रेडिट ट्रेडरको तलब लगभग एक करोड ६० लाख वा यो भन्दा बढी हुने गरेको छ । तर पारस शाहको तलब योभन्दा निकै बढी छ । किनकी उनी सिटी बैंकको उच्च अधिकारीको पदमा काम गर्थे ।

डेली मेलको समाचार अनुसार बैंकका एक अधिकारीले बैंकमा यो पदको अधिकारीको तलब साढे १४ करोडसम्म हुने गरेको बताए । पारस शाहको चुहिएको यो प्रोफाइलका अनुसार उनी सेक्युरिटी, ट्रेडिङ तथा रिस्क म्यानेजमेन्टको अनुभव छ । एजेन्सी

तपाईको प्रतिक्रिया