चितवनले बल्ल पायो नयाँ एसपी, पन्त पर्सामा सरुवा

  माघ २१, २०७६

काठमाडौं, माघ २१ प्रहरी प्रधान कार्यालयले केही जिल्लाका प्रहरी प्रमुख सरूवा गरेको छ । चितवनमा एसपी नान्तीराज गुरूङलाई पठाइएको छ। यहाँ यसअघि एसपी गंगा पन्तलाई सरूवा गरिएको थियो। पन्तलाई चितवन जान रमना नदिएर अहिले गुरूङलाई सरूवा गरिएको हो।

एसपी पन्तलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको छ। पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौर काठमाडौं प्रहरी परिसर सरूवा भएका छन्।

चितवनमा गत पुसदेखि एसपी रिक्त थियो। एसपी दानबहादुर मल्लको सरूवा भएको लामो समयदेखि यहाँ प्रहरी प्रधान कार्यालयले एसपी पठाउन सकेको थिएन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वबडीगार्ड मल्लले सरूवा भएको १५ दिनसम्म चितवन छाडेका थिएनन्।

तपाईको प्रतिक्रिया