तत्काल सरकारमा जाने सम्भावना छैन : यादव

  माघ १७, २०७६

काठमाडौं, १६ माघ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्रराय यादवले तत्काल आफ्नो सरकारमा जाने कुनै सम्भावना नरहेको प्रस्ट पार्नुभएको छ ।

रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा (राजपा) सरकारमा जाने चर्चा चरिरहेको सन्दर्भमा अध्यक्ष मण्डलका संयोजक यादवले सरकारमा जानेबारे पार्टिभित्र कुनै छलफल नभएको र तत्काल सरकारमा जाने सम्भावन नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारमा सहभागी हुनेबारे हाम्रो पार्टीभित्र कुनै छलफल भएको छैन् । त्यसैले सरकारमा जाने सम्भावना छैन् । प्रधानमन्त्रीसँग पनि सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन् ।” संयोजक यादवले तत्काल सरकारमा जाने सोच नभए पनि आफ्ना विगतका मुद्दा र मागलाई वर्तमान सरकारले सम्बोधन गरेको खण्डमा भने विचार गर्न सकिने प्रस्ट्याउनुभयो । उहाँले यादवले राजपा नेपाल र समाजवादी पार्टीबीच एकताको प्रक्रिया अघि बढिरहेकोले छिट्टै एकता हुने विश्वास दिलाउनुभयो ।

तपाईको प्रतिक्रिया