शहीदको योगदान सधैं स्मरणीय : मुख्यमन्त्री राई

  माघ १६, २०७६

विराटनगर, १६ माघ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ अमूल्य जीवन बलिदान गर्नुहुने शहीदको योगदान सधैँ स्मरणीय रहने बताउनुभएको छ ।

शहीद दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सबैखाले आन्दोलन सफल बनाउन वीर सपुतको बलिदानी रहेको छ भन्नुभयो । सन्देशमा भनिएको छ, “स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने महान् शहीदको योगदान सधैँ स्मरणीय रहनेछ ।”

मुख्य मन्त्री राईले आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा उच्च सम्मान अर्पण गरे । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयन गर्दै देशलाई समृद्ध बनाउन शहीदको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने सन्देशमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया