सुन तोलाको ५ सय रुपैयाँले बढ्यो

  माघ १४, २०७६

काठमाडौं, १३ माघ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ५०० पुगेको छ ।

गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ३०० ले बढेर छापावाला सुन प्रतितोला ७५ हजार ५०० र तेजाबी सुन प्रतितोला ७५ हजार २०० मा खरिद बिक्री भएको थियो ।

स्थानीय बजारमा चाँदीको मूल्य पनि प्रतितोला ५ ले वृद्धि भएको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला ९०० निर्धारण गरेको छ । माघमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । यसअघि गत पुस २३ गते छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २०० पुगेको थियो ।

तपाईको प्रतिक्रिया