प्रदेश ३ को राजधानी हेटौंडा दुई तिहाईले पारित

  पुष २७, २०७६

हेटौंडा, २७ पुस : आज बिहान बसेको प्रदेश ३ को प्रदेशसभो बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को स्थायी राजधानी हेटौंडालाई गर्नुभएको प्रस्ताव दुई तिहाइभन्दा पनि बढी मतबाट स्वीकृत भएको छ । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०८ प्रदेशसभा सदस्यमध्ये १०५ जनाले प्रस्तावको पक्षमा मतदान गर्नुभएको थियो ।

यसैगरी आजै सो बैठकमा साझा विवेकशील पार्टीका नेता रमेश पौडेलले काभे्रको धुलिखेललाई राजधानी बनाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले अस्वीकृत ग¥यो । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०४ सदस्यमध्ये १०१ सदस्यले विपक्षमा मतदान गर्नुभयो भने पक्षमा जम्मा तीन मतमात्र परेको सभामुख सानुकुमार श्रेष्ठले जनाउनुभयो ।

यसअघि प्रदेश ३ को राजधानी हेटौंडा र नाम वाग्मती राख्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अलग अलग बैठकले राजधानी हेटौंडा र नाम वाग्मतीका पक्षमा मतदान गर्न आफ्ना सदस्यलाई ह्विप जारी गरेका थिए ।

प्रदेशसभामा विवेकशील नेपाली दल र विवेकशील साझाले राजधानीमा काभ्रेको धुलिखेल प्रस्ताव दर्ता गरेपछि नेकपा र काँग्रेसले ह्वीप जारी गरेका हुन् । नेकपा प्रदेश ३ का संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले दलको निर्णयविपरीत नगर्न बैठकमा निर्देशन दिनुभएको बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले जानकारी दिनुभयो । रासस

तपाईको प्रतिक्रिया