चीन र दक्षिण कोरियाका राष्ट्रपतिबीच भेटवार्ता

  पुष ०८, २०७६

बेइजिङ, ७ पुस : चीनका राष्ट्रपति सी चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता गर्नुभएको छ । बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा उहाँहरूका बीचमा भेटवार्ता भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

आफूहरूका बीचमा रणनीतिक साझा साझेदारिता, ठोस चासो र मुख्य सरोकारका विषयमा एक अर्कालाई सघाउने र उच्चस्तरीय दुईपक्षीय सम्वन्धलाई थप सुधार गर्दै लैजानेलगायतका विषयमा छलफल भएको सीले बताए ।

चीन, जापान र दक्षिण कोरियाका शीर्ष नेताहरूको आठौँ बैठकमा सहभागी हुन मुन चीन आएको हो । चीनको दक्षिणपश्चिमी सहर छेन्दुमा मङ्गलबार सो बैठक हुन लागेको छ ।

तपाईको प्रतिक्रिया