च्याम्पियन्स लिग : म्यानचेष्टर सिटी र रियल मड्रिड अन्तिम १६ मै भिड्ने

  मंसिर ३०, २०७६

काठमाडौं, ३० मंसिर : च्याम्पियन्स लिगको नकआउट चरणमा म्यानचेष्टर सिटीले रियल मड्रिड प्रतिद्वन्द्वी पाएको छ ।

सोमबार भएको ड्रमा साविकको विजेता लिभरपुलले स्पेनिस क्लब एथ्लेटिको प्रतिद्वन्द्वी पाएको छ । यस्तै चेल्सीले बार्यन म्युनिख र टोटनहृयामले लिपिङसँग खेल्नेछन् ।

बार्सिलोनाले नापोली र भ्यालेन्सियाले एटलान्टा प्रतिद्वन्द्वी पाएका छन् भने पेरिस सेन्ट जर्मेनले बोरुसिया डर्टमण्ड र युभेन्टसले लायनसँग खेल्नुपर्ने भएको छ ।

तपाईको प्रतिक्रिया