भूमि व्यवस्था मन्त्रीलाई भीम रावलको प्रश्न- नेपालको नक्सा प्रकाशित गर्न साइत कुर्नुपर्ने हो र?’

  मंसिर २८, २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले यथाशिघ्र नेपालको नयाँ नक्सा प्रकाशित गर्न सरकारसँग माग राखेका छन्।
शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेता रावलले सरकारले आफू बलियो भएको बेलामै भूमि थिचोमिचो भएको विषयमा पाइला चाल्नुपर्नेमा जोड दिए।

उनले भूमि व्यवस्था मन्त्रीबाटै नेपालको नक्साको बारेमा द्विधायुक्त कुरा आएको बताए। ‘उहाँले एकातिर लिम्पियाधुरा नेपालको हो भन्नेमा शंका छैन भन्नुभयो, अर्को कुरा नक्सा प्रकाशित गर्न दस्तावेज जुटाउने प्रयास भइरहेको छ भन्नुभयो,’ नेता रावलले मन्त्रीलाई प्रश्न गरे ‘जब लिम्पियाधुरा नेपालको हो भने नक्सा प्रकाशित गर्न नेपालले जोखना हेर्ने र साइत कुर्नुपर्ने हुन्छ र?’

उनले त्रीदेशीय विन्दु कालापानी नभएर लिम्पियाधुरा रहेको भन्दै उनले मन्त्रीलाई जथाभावि कुरा नगर्न आग्रह गरे। उनले काली नदीको उद्मस्थल लिम्पियाधुरा नै रहेको र भारतले जारी गरेको पछिल्लो नक्सामा पनि सो कुरा रहेको बताए।

तपाईको प्रतिक्रिया