मधेसी जनताको अधिकार दिलाएर छाड्छौँ : अध्यक्ष राउत

  चैत ०८, २०७९

कलैया, चैत ८ : जनमत पार्टीका केन्द्रिय अध्यक्ष एवं सङ्घीय सांसद डा सिके (चन्द्रप्रकाश) राउतले मधेसी जनताको अधिकार दिलाएर छाड्ने उद्घोष गर्नुभएको छ ।

बारा जिल्लाको सदरमुकाम कलैयामा आयोजित बृहत् पार्टी प्रवेश एवं आमसभामा उहाँले मधेसी जनतालाई अधिकार दिलाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले मधेसको विकास र अधिकारका लागि सहादत प्राप्त गरेका मधेसी सहिदको सपना साकार हुने गरी जनमत पार्टीले काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

मुलुकमा भ्रष्टाचार बढ्दै गएको भन्दै अध्यक्ष राउतले भ्रष्टाचारलाई न्यूनीकरण गर्दै विधिको शासन कायम गराउन, घरघरमा रोजगारी सिर्जना गर्न एवं किसानलाई सहुलियतमा मलखाद उपलब्ध गराउन राज्य संवेदनशील हुनुपर्ने बताउनुभयो ।

जनमत पार्टी जनताको आशा एवं भरोसाको किरण रहेको भन्दै उहाँले जनमत पार्टीलाई मधेस प्रदेशमा सबैभन्दा ठूलो पार्टी बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया