ललितपुर महानगरका प्रमुख महर्जनलाई कोरोना सङ्क्रमण

  असार २४, २०७९

काठमाडौँ, असार २४ : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

आज परीक्षणका क्रममा उहाँलाई सङ्क्रमण भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमा बसेर स्वास्थ्यलाभ लिइरहनुभएको छ ।

तपाईको प्रतिक्रिया