पृथ्वीराजमार्ग पुन : अवरुद्ध

  असार १२, २०७९

मुग्लिन, असार १२ : पृथ्वी राजमार्ग पुन : अवरुद्ध भएको छ । पहिरो हटाई दुईतर्फी सञ्चालनमा ल्याइएको केहीबेरमै पुनः पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।चितवनको इच्छाकामना गाउँपालिका– ४ स्थित नाग्दी खोला नजिकै १२ः१० बजे खसेको सुख्खा पहिरो पञ्छाई २ बजेबाट सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो ।

सडक सञ्चालनमा आएको केही छिनमै पुन : सोही ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिनुभयो ।उहाँका अनुसार अहिले पहिरो पञ्छाउने काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया