सेती नदी खोँचमा मृत पुरुष भेटिए

  असार ११, २०७९

तनहुँ, असार ११ : शुक्लागण्डकी नगरपालिकास्थित सेती नदी खोँचमा आज एक युवक मृत फेला परेका छन् । नाम, थर, वतन नखुलेको र अनुहार चिन्न नसकिने किसिमका अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन् ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ महरियाघाटमा बायाँ हातमा टाटु रहेको व्यक्ति भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो । मृतक पुरुषको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखी पहिचानका लागि आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । वर्षायामको समय भएकाले नदी, खोलाले बगाएर ल्याएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तपाईको प्रतिक्रिया