जनमत वाङ्मय प्रतिष्ठानलाई एक लाख ५० हजार

  असार ०९, २०७९

काठमाडौँ, ९ असार : वर्षमा एकपटक एक जना लेखकलाई सम्मान गर्ने उद्देश्यले जनमत वाङमय प्रतिष्ठानलाई रु एक लाख ५० हजार हस्ताणतरण गरिएको छ ।

बनेपाका समाजसेवी तथा काभ्रे उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष दियेशरत्न शाक्यको परिवारले नेपाली भाषा र साहित्यको विकासममा थप सहयोग पु¥याउने उद्देश्यले उक्त रकम हस्ताणतरण गर्नुभएको प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले जानकारी दिनुभयो । दियेशका स्व मातापिता ज्ञानरत्न र मङ्गलतारा शाक्यको स्मृतिमा उक्त रकम हस्तान्तरण गरिएको हो ।

तपाईको प्रतिक्रिया