आगलागीमा परेर वृद्धाको मृत्यु

  असार ०७, २०७९

किमाथाङ्का, असार ७ : सङ्खुवासभाको चैनपुर नगरपालिकामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । चैनपुर नगरपालिका–११ की ८६ वर्षीया मनमाया मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो ।

आगोबाट जलेर घाइते भएकी मगरको उपचारका क्रममा जिल्ला अस्पताल सङ्खुवासभामा मृत्यु भएको हो । खाना पकाउने क्रममा उनको लुगामा आगो सल्किएको थियो । उनी घरमा एक्लै बस्दै आएकी थिइन ।

तपाईको प्रतिक्रिया