बाँकेमा पूर्वतयारी कृत्रिम अभ्यास

  असार ०६, २०७९

नेपालगञ्ज, असार ६ : बाँकेको राप्ती नदीमा आज बाढी पूर्वतयारी कृत्रिम अभ्यास गरिएको छ । लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, बाँके नेपाल रेडक्रस सोसाइटी, बाँकेको संयुक्त आयोजनामा बाँकेमा विपद् पूर्वतयारी कार्ययोजनाअनुसार राप्ती नदीको सिधनियाघाटमा सो अभ्यास गरिएको हो ।

बाढीमा बगेकाको खोजतलास र उद्धार गर्ने विषयमा अभ्यास भएको थियो । सो अवसरमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले यस्तो अभ्यासले काममा निपुणता आउने बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बाढीबाट हुने जनधनको क्षति रोक्न सरकारका सबै सुरक्षा निकायले राम्रो अभ्यास गर्दै आएको बताउनुभयो ।बाँकेमा बर्सेनि सो अभ्यास गर्ने गरिन्छ । जिल्लामा रहेको लक्षमणपुर बाँधका कारण बर्सेनि डुबान र कटान हुने गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया