डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्व

  असार ०५, २०७९

तनहुँ, असार ५ : भानु नगरपालिका–८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्व भएको छ । खहरेखोलामा आएको बाढीले तीनवटा ह्युमपाइप बगाउँदा सडक भ्वाङ परेपछि सवारी आवतजावत रोकिएको हो ।

आइतबार बिहानको अविरल वर्षापछिको बाढीले  ह्युमपाइपमा क्षति पु.याएको थियो ।  साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आए पनि ठूला सवारी रोकिएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया