वीरगञ्ज, जेठ १९ : यहाँस्थित बसपार्कको अवस्था अस्तव्यस्त रहेको जनगुनासो आएपछि नगर प्रमुख राजेशमान सिंहले आज सो क्षेत्रको निरीक्षण तथा अवलोकन गर्नुभएको छ । बसपार्क निर्माण सम्पन्न भएको करिब तीन वर्ष नपुग्दै भौतिक संरचना जीर्ण हुन लागेको र मुख्य भवन प्रयोग नभइकनै जीर्ण हुन लागेको जनाइएको छ ।
प्रमुख सिंह समक्ष करिब दुई सय काउण्टर रहेको बसपार्कमा १० मात्र उपयोगमा आएकोमा व्यवसायीले गुनासो गरेका थिए । सो अवसरमा व्यसायीले बसपार्कमा ठेकदार पक्षले पाएको जिम्मेवार पूरा नगर्ने, सरसफाइ नगर्ने, उद्यान व्यवस्थित नगर्ने, अव्यवस्थित शौचालय लगायातका अनेकौँ समस्या रहेको नगरप्रमुख सिंह लाई ध्यानआकर्षण समेत गराएका थिए ।
बसपार्कभित्र प्रहरीको लागि निमार्ण भएको सुरक्षा भवन पनि प्रहरी नबस्दै जीर्ण बन्न थालेको हो ।नगरप्रमुख सिंहले अवलोकन पश्चात् जिम्मेवारी पाएको सम्पूर्ण नियकालाई विभिन्न समस्या तत्काल समाधान गर्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गर्मीको मौसममा पङ्खा नहँुदा पठनपाठनमा समस्या भएपछि वीरगञ्ज महानगरपालिका १८ सुखचैनास्थित गीता गजेन्द्र जोशी माध्यामिक विद्यालयलाई पङ्खा सहयोग गरिएको छ ।
उद्यमी राम सर्राफले विद्यालयका प्रधानाध्यापक रामनारायण मिश्रालाई २६ सिलिङ् पङ्खा उपलब्ध गराउनुभएको हो ।