सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्छाैं : श्रममन्त्री

  जेठ ०८, २०७९

सिद्धार्थनगर, जेठ ८ : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातवटै मन्त्रालयमा प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । शिक्षालय स्थापनाको लागि आवश्यक अध्ययनका लागि बुटवलस्थित कोरिया नेपाल बहुप्राविधिक शिक्षालयको मन्त्री कृष्णकुमार श्रेष्ठसहितको टोलीले अवलोकन गरेको छ ।

अवलोकनपछि मन्त्री श्रेष्ठले सात वटै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने सरकारको योजना रहेको बताउनुभयो । उहाँले देशमै नमुना मानिएको शिक्षालयको अवलोकनपछि सातवटै प्रदेशमा यस्तो शिक्षालयको आवश्यकता झनै महसुस भएको बताउनुभयो  । मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि स्वदेश र विदेशमा सिपयुुक्त प्राविधिक जनशक्ति निर्माण गर्ने योजना अघि सारेको बताउनुभयो ।

मन्त्रालयका निमित्त सचिव एंव मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले चाहेजति सिप दिन नसकेकाले त्यस्तो जनशक्ति निर्माणका लागि सात वटै प्रदेशमा प्रशिक्षण केन्द्रहरु स्थापनाका लागि अध्ययन अनुसन्धान गर्न कोरिया नेपाल बहुप्राविधिक शिक्षालयको अवलोकन गरिएको बताउनुभयो ।

उक्त अवसरमा शिक्षालयका उपप्रमुख इञ्जिनियर किरण काफ्लेले डिप्लोमा इन इञ्जिनियरिङ कार्यक्रम अन्र्तगत अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, मेकानिकल र रिग्रेरिशन तथा एयर कन्डिशनका कक्षा सञ्चालनमा रहेको बताउनुभयो । कोरिया नेपाल बहुप्राविधिक शिक्षालयमा ८ सय विद्यार्थी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया