थप ११ जनामा संक्रमण, १२ कोरोनामुक्त, १४८ सक्रिय संक्रमित

  जेठ ०७, २०७९

काठमाडौँ, जेठ ७ : देशभर पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३० को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७९ हजार ६२ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार २०९ रहेको छ । पछिल्लो समय थप १२ सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९६२ पुगेको छ ।

नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १४८ रहेको छ । होम आइसोलेशनमा १४८ रहेका छन् भने आईसीयु र भेन्टिलेटरमा एक-एक जना रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया