सुनगाभा विशेषज्ञ प्रा डा पन्तलाई नइ प्रदीप्ति र तेस्रोलिङ्गी शाहलाई रामलक्ष्मी पुरस्कार

  जेठ ०१, २०७९

काठमाडौँ, जेठ १ : नइ प्रकाशनले २०७८ सालका लागि सुनगाभा विशेषज्ञ प्रा डा विजया पन्तलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार गङ्गा लिगललाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । ती दुवै पुरस्कारका राशि ताम्रपत्रसहित जनही रु साठी हजारका छन् ।

प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईँका अध्यक्षतामा बसेको प्रकाशनको बैठकले काठमाडौँ उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यमा क्रियाशील कञ्चनपुरका नारा जोशीलाई ‘नइ बुलु शर्मा पुरस्कार’, साहित्यकार ठाकुर बेलबासेलाई ‘नइ देरुनीख गौरव पुरस्कार’ र तेस्रोलिङ्गी भक्ति शाहलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

ती तीनै पुरस्कारका राशि ताम्रपत्रसहित जनही रु पचास हजार रहने प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले विज्ञप्तिमा जनाउनुभएको छ । साथै मिस नेवा कृसा महर्जनलाई ताम्रपत्रसहित रु पच्चीस हजारको ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया