थप १८ जना संक्रमित, १६ कोरोनामुक्त, १८७ सक्रिय संक्रमित

  बैशाख २८, २०७९

काठमाडौं, वैशाख २८ : पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ७० जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, ७१८ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जना सङ्क्रमित भएका छन् । २४ घण्टामा १६ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । २४ घण्टामा ११ हजार ५ जनाले खोप लगाएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या १८७ जना छन् ।

तपाईको प्रतिक्रिया