थप ११ जनामा कोरोना संक्रमण, ८९ कोरोनामुक्त, मृत्यु शून्य

  चैत २५, २०७८

काठमाडौं, चैत २५ : पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २७ सय २८ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, १६ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । साथै पछिल्लो २४ घण्टामा थप ८९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

२४ घण्टामा मृत्यु शून्य छ भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६६९ जना रहेका छन् । २४ घण्टामा २६ हजार ४५ जनाले खोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया