सकियो एकल फोटो प्रदर्शनी

  चैत २४, २०७८

काठमाडौँ, चैत २४ : राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको ‘बिस्काः जात्रा’ सम्बन्धी एकल फोटो प्रदर्शनी आज सकिएको छ । यही चैत २२ गतेदेखि सुरु भएको प्रदर्शनी ९०० जनाले अवलोकन गरेका छन् ।

पत्रकार श्रेष्ठका अनुसार प्रदर्शनीमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय अभिलेखालयका प्रमुख शौभाग्य प्रधानाङ्ग, पूर्वसांसद विक्षु आनन्द, पूर्वन्यायाधिश लक्ष्मीकृष्ण श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरूले प्रदर्शनी अवलोकन गर्नुभएको थियो । प्रदर्शनीको उद्घाटन काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र मध्यपुरठिमी महानगरका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।

प्रदर्शनीमा १०० भन्दा धेरै तस्बिरहरू राखिएका थिए । तस्बिरमा नेवार समुदायको कला र सांस्कृतिक सिर्जना देखाइएको थियो । नेवार जातिले मनाउने विभिन्न भोजभत्तेर र चाडपर्वमा बजाइने थरिथरिका नृत्य एवं बाजा, विभिन्न समयमा पूजा गरिने देवी तथा देवताको महिमालाई तस्बिरका माध्यमबाट प्रदर्शन गरिएको थियो ।यसअघि फोटो पत्रकार श्रेष्ठले देशभित्र र बाहिरसमेत देशका विभिन्न स्थानमा सयमसमयमा भएका घटना, परिवेश र संस्कृतिका एकल फोटो प्रदर्शनी गरिसक्नुभएकोे छ ।

तपाईको प्रतिक्रिया