रुकुमबाट काठमाडौं छुटेको बस दुर्घटना : आठ जना घाइते

  चैत २४, २०७८

रुकुम (पश्चिम), चैत २४ : रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ किटनीमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

बा ३ ख ९६६५ नम्बरको यात्रु बस दुर्घटना हुँदा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

बिहीबार दिउँसो रुकुम पश्चिमको मुसिकोटबाट रुकुमकोट हुँदै काठमाडौंका लागि छुटेको बस किटनीमा दुर्घटना भएको हो ।

घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ । प्रहरी निरीक्षक शर्माका अनुसार घाइते सबै जनाको स्वास्थ्य अवस्था सामान्य छ। बस अनियन्त्रित भएर सडक किनारमा ठोक्किएको थियाे ।

तपाईको प्रतिक्रिया