जनआदेशमाथि घात गरेकाले एमाले छाडेँ : मन्त्री श्रेष्ठ

  चैत २०, २०७८

तनहुँ, चैत २० : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले एमालेले जनादेशमाथि घात गरेकाले एमाले छोडेको बताउनुभएको छ । तनहुँको भिमाद नगरपालिका भिमाद बजारमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पाँच वर्षको लागि सरकार चलाउन जनताले मत दिएको भए पनि त्यसको अपमान गरेर प्रतिनिधी सभा विघटन गरकाले साथ छाडेको बताउनुभयो ।

रोजगारीका सिलसिलामा ठगिएकालाई न्याय दिने काम गरेको उहाँको बताउनुभयाये । देशमा रोजगरी सिर्जना गर्न नसक्दा बाध्यतावश वैदेशिक रोजगारीमा युवा पठाउनुपर्ने अवस्था रहेको उहाँले चर्चा गर्नुभयो । मन्त्री श्रेष्ठले आगामी निर्वाचनमा राम्रो काम गर्ने नेतालाई मत दिन पनि आग्रह गर्नुभयो ।

जनताको पक्षमा काम गर्ने नेता छान्ने अवसर आएको भन्दै सत्तामा पुगेर जनताको मत दुरुपयोग गर्नेलाई चिन्नुपर्ने बताउनुभयो । आफूले नमुनायोग्य काम गरेको दाबी उहाँले गर्नुभयो । रोजगारी सिर्जना गर्नुका साथै श्रम शोषणमा परेका युवाहरुको उद्धारमा मन्त्रालयले प्राथमिकता दिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य कलिला खान, नेकपा (एस) का पोलिटब्युरो सदस्य प्रतालाल श्रेष्ठ, भूमि आयोग तनहुँका विज्ञ सदस्य श्रीराम कार्की, दलित मुक्ति मोर्चाकी केन्द्रीय सदस्य दुर्गा नेपालीलगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया