ट्र्याक्टरले ठक्कर दिँदा मृत्यु

  चैत २०, २०७८

जलेश्वर, चैत्र २० : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४ सुगागाउँमा शनिबार साँझ ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ४० वर्षीया देवकली देवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनु भयो ।स्थानीय २७ वर्षीय इजमामुल मन्सुरले गाउँको भित्री सडकखण्डमा चलाउँदै गएको ज१त ९९४८ नंको ट्र्याक्टरले सडकमै हिँडिरहेकी देव कलीलाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया