दाङमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, १९ जना घाइते

  मंसिर २६, २०७८

तुल्सीपुर मङ्सिर २६ : दाङमा आज जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा१ज ४३८ नंको जीप दुर्घटना १९ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका–४ का ४८ वर्षीय प्रेमप्रकाश शर्मा, सोही ठाउँका ४६ वर्षीया सौनी घर्ती र ४६ वर्षीय कर्णबहादुर खड्का छन् । तुलसीपुर–३ सिरखोला नजिकै जीप दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको हो । जीप सडकबाट करिब २०० मिटर तल खसेको थियो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका ४ धनबाङका २२ वर्र्षीया लक्ष्मी बुढा, गाउँपालिका ३ का ४५ देवा चापागाई,२७ वर्षीय भुपबहादुर थापा,२२ धर्म थापा,उहाँको छोरा पाँच वर्षीया दिपेश थापा, ४ किमिरेचौर बस्ने ३६ वर्र्षीय डम्बरबहादुर बुढाथोकी, १८ वर्र्षीया अनिता पुन १ बस्ने आरति पुन, १९ वर्र्षीया रमिता बस्नेत लगायत रहेको प्रहरीले जनाएको छ । जिप चालक भने फरार रहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया