पछिल्लो २४ घण्टामा २५९ संक्रमित, २६४ कोरोनामुक्त, एकको मृत्यु

  मंसिर १३, २०७८

काठमाडौँ, मङ्सिर १३ : पछिल्लो २४ घण्टामा २५९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २३१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सात हजार २३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ र दुई हजार ६५७ जनाको एन्टिजेन परीक्षण गर्दा १६ गरी कूल २५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या नौ लाख १६ हजार ६०९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २६४ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख दुई हजार ६५३ जना पुगेको मन्त्रालयले जनाएको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९४४ रहेका छन् । तीमध्ये ६ हजार ५४१ होम आइसोलेशनमा र ४०३ जना संस्थागत आइसोलेशनमा छन् ।

सङ्क्रमितमध्ये १५९ आइसीयू र ३७ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यसैगरी १० वर्ष मुनिका सात बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ देखि २० वर्ष उमेर समूहका १७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२४ पुगेको छ ।

तपाईको प्रतिक्रिया