सुन तोलामा दुई सय रुपैयाँ बढ्यो

  मंसिर १२, २०७८

काठमाडौँ, मङ्सिर १२ : सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार ९०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आइतबार प्रतितोला २०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६०० कायम भएको छ । शुक्रबार प्रतितोला रु ९१ हजार ४०० मा यसको कारोबार भएको थियो ।

त्यस्तै आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले घटेर एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया