माओवादी केन्द्रको तीन नगरपालिकामा नगर सम्मेलन

  मंसिर १२, २०७८

कञ्चनपुर, मङ्सिर ११ : नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनअन्तर्गत आज कञ्चनपुरका तीन नगरपालिकामा नयाँ नेतृत्व चयनका लागि सम्मेलन सुरु भएको छ । शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकामा सम्मेलन सुरु भएको हो ।

माओवादी केन्द्रका नेता टेकेन्द्रप्रसाद भट्टका अनुसार बन्द सत्रपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने छ । सहमतिकै आधारमा पार्टीको नयाँ नगर नेतृत्व चयन हुने उहाँले बताउनुभयो । नगर सम्मेलन सुरु भएका सबै नगरपालिकामा नयाँ नेतृत्वका लागि सहमतिको प्रयास भइरहेको नेता भट्टको भनाइ छ । बाँकी नगरपालिका र गाउँपालिकामा केही दिनमा सम्मेलन सुरु हुने बताइएको छ ।

तीनवटै नगर सम्मेलनमा पार्टीका सुदूरपश्चिम प्रदेश प्रमुख खगराज भट्ट, सचिव देवीलाल चौधरी, प्रदेश सदस्य टेकेन्द्रप्रसाद भट्ट र ओमबिक्रम भाट सहभागी थिए । हालसम्म जिल्लामा नौ स्थानीय तहका ९२ वडा सम्मेलन सम्पन्न भइसकेका छन् ।

तपाईको प्रतिक्रिया