हुम्लाको लिमी, हिल्सा क्षेत्रमा एकफिट हिउँ, तापक्रम माइनस चार

  कार्तिक ०१, २०७८

हुम्ला, कातिक १ : चीनसँगको सिमाना जोडिएको उत्तरी नाम्खा गाउँपालिकाको हिमालपारीको गाउँ लिमी, हिल्सा र यारी क्षेत्रमा हिमपात भएको छ । आईतबार बेलुकाबाट परेको बर्षासगै हिमपात सुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को यारी र हिल्सा तथा ६ नम्बरको लिमीमा एक फिट भन्दा बढी हिउ जमेको बताउनुभयो । बर्षासंगै आएको हिमपात पर्ने क्रम सोमबार बेलुकासम्म जारी रहेकोले जमिनमा हिउ जम्ने क्रम अझै बढ्ने उहाँले बताउनुभयो ।

हिउ जमेर उक्त क्षेत्रको जमिन सेताम्मे भएको लिमी, हिल्सा र यारी प्रहरी चौकीबाट जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । जमिनमा हिउ जमेसँगै सो क्षेत्रको तापक्रम माईसन चार डिग्रीमा पुगेकोले जनजीवन निक्कै कष्टकर भएको प्रहरीले जनाएको छ । यी दुबै क्षेत्र चार हजार दुई सय मिटर अग्लो स्थाका बस्तीमा स्थानीय बस्दै आउनु भएको छ ।

लिमी र यारीमा पाँच वटा बस्ती रहेका छन् । हिमपात भएसंगै लिमी प्रबेश गर्ने पाँच हजार मिटर अग्लो न्यालु र हिल्सा प्रबेश गर्ने नारा लेकको बाटो बन्द भएको छ । यसबाट ती बस्तीमा आउजाउ बन्द भएको जनाईएको छ । प्रहरी नायव उपरिक्षक हेरम्भ शर्माका अनुसार हिल्साको सिमा सुरक्षा प्रहरी चौकीसंग सञ्चार सम्पर्क बिच्छेद भएको छ ।

उहाँले सोमवार बिहान प्रहरीसंग सम्पर्क भएपनि त्यसयता हुन नसकेको बताउनुभयो । हिल्सामा पनि हिमपात भएको हउाँले बताउनुभयो । यी क्षेत्रसंगै उत्तरी हुम्लाका उच्च स्थानहरुमा हिउ जम्न सुरु भएको छ । सदरमुकाम सिमकोट आसपासकै पंचमुखी र बोक्सी हिमाल पनि सेताम्मे भएका छन् । जसको कारण चिसो निक्कै बढेको छ । यसवर्षको यो पहिलो हिमपात हो ।

तपाईको प्रतिक्रिया