३९८ कोरोना संक्रमित थपिए, ८०४ संक्रमणमुक्त, ८ को मृत्यु

  असोज २९, २०७८

काठमाडौं, असोज २८ : पछिल्लो २४ घण्टामा ३९८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । तीन हजार ४१९ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ३९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, दुइ हजार ७९८ वटा एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६।८८ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८०४ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया