बैंक लुटन आएका लुटेराले गोली चलाउँदा एक घाइते, तीन पक्राउ

  असोज २५, २०७८

इटहरी, असाेज २५ : मोरङ जिल्लाको धनपालथान गाँउपालिकास्थित कर्सिया बजारमा सिटिजन बैंकको शाखा कार्यालय लुट्न आएको समूहले गरेको गोली प्रहारबाटम एकजना घाइते भएका छन् । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीनजनालाइ पक्राउ गरेको छ । सोमबार दिउँसो सिटिजन्स बैंकको शाखा कार्यालयमा गोली चलेको हो ।

घाइते व्यक्ति बैंकको गार्ड भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बैंक लुट्न आएको समूहले गोली चलाएको स्थानीयबासीले बताएका छन् । मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बैंक लुट्ने प्रयासको क्रममा लुटेरा समुहले गोली चलाएको र त्यसमा संलग्न तीन जनालाई पक्राउ गरेको बताउनुभयो । घटनाको सन्दर्भमा प्रहरीले थप अनुसन्धान प्रारम्भ गरेको छ ।

तपाईको प्रतिक्रिया