स्वास्थ्य मापदण्ड पालना गरी नगर तथा पालिका अधिवेशनमा सहभागी हुन देउवाको अपिल

  असोज ०९, २०७८

काठमाडौं, असोज ९ : प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले कोभिड–१९ महामारीमा स्वास्थ्य मापदण्डको पालना गरी नगरपालिका र गाउँपालिका अधिवेशनमा सहभागी हुन अपिल गर्नुभएको छ । देउवाले शनिबार सामाजिक सञ्जालमार्फत नगर र गाउँपालिका अधिवेसन प्रक्रियामा सहभागी हुन काँग्रेसका नेता तथा कार्यकर्ताहरुमा आग्रह गर्नुभएको हो ।

“तपाईहरुको पार्टीप्रतिको विश्वास र प्रतिबद्धताले काँग्रेसलाई थप बलियो बनाउँछ, जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु” सभापति देउवाको सामाजिक सञ्जालमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया