डुम्रे–बेसीशहर सडक खण्डको अवरोध हट्यो

  असोज ०५, २०७८

तनहुँ, असोज ५ : पहिरो खसेर अबरुद्ध भएको तनहुँको डुम्रे बजारबाट लमजुङको बेशीसहर जोड्ने ‘डुम्रे–वेशीसहर सडक खण्ड’को अवरोध हटेको छ । भानु नगरपालिका–८ पाँचसय फाँटमा खसेको पहिरो हटाएपछि मङ्गलबार बिहान ११ बजेबाट सडक सूचारु भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो ।

सोमबार राती परेको पानीसँगै सडक माथिबाट खसेको पहिरोले अबरुद्ध बनेको सडक यान्त्रिक कार्यालय डुम्रेले डोजरले पहिरो हटाएको उहाँले जानकारी दिनुभयो । बिहीबार बिहानबाट अवरुद्ध बनेको डुम्रे–बेशीसहर खण्ड शुक्रबार साँझ ५ बजेबाट सुचारु भएकोमा पुनः पहिरो खसेपछि शनिबार बिहानबाट बन्द भएको थियो । पानी परिरहेकाले हटाए पनि पुनः पहिरो खस्दै आएकोले खुल्ने तथा अवरुद्ध हुँदै आएको सडक खण्ड हाल भने पानी रोकिएसँगै पहिरो खसेको छैन ।

धेरै स्थानमा पहिरो गएकोले शुक्रबार सुचारु हुन ४५ घण्टा कुर्नुपरेका थियो । सुचारु भएको १२ घण्टा पछि पुनः अबरुद्ध बनको थियो । यातयात अबरुद्ध हुँदा एम्बेन्स समेत सञ्चालन गर्न नपाउँदा बिरामीलाई बढी समस्या परेको थियो । उक्त क्षेत्रमा पहिरोको जोखिम कायम रहेको छ । यस अघि भएका अविरल वर्षाको समयमा पहिरो खसेर पटक पटक सडक अवरुद्ध हुँदै आएको भुषालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया