टस जितेको अमेरिकाले ब्याटिङ गर्दै, नेपाललाई पहिलो सफलता

  भदौ २८, २०७८

काठमाडौं, भदौ २८ : अमेरिकाले नेपाल विरुद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । विश्वकप क्रिकेट लिग–२ को अन्तगर्त ओमान सम्मिलित श्रृखंलाको पहिलो एकदिबसीय खेलमा आज नेपालले अमेरिकाको सामना गर्न लागेको हो ।

ओमानको राष्ट्रिय क्रिकेट एकेड्मीको अल एमिरात ग्राउन्डमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले पाँच ओभरको खेलपछि एक विकेट गुमाएर १८ रन जोडेको छ । अमेरिकी ब्याट्सम्यान स्टिभन टेलरले १४ रन बनाएर पेभेलियन फर्किनुभयो । नेपालका लागि बिक्रम सोबले टेलरको विकेट लिनुभयो । सुशान्त मोदानी र मोनाङ्क पटेल हाल ब्याटिङ गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया