संवैधानिक निकायका नियुक्ति विवादको सुनुवाइको माग गर्दै पूरक निवेदन दर्ता

  भदौ २८, २०७८

काठमाडौं, भदौ २८ : संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादमा आफूले दिएको रिटको सुनुवाइको माग गर्दै अभिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराउनुभएको छ ।

सोमबार अधिवक्ता अर्यालले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराउनुभएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो । सञ्चार विज्ञ पौडेलले अधिवक्ता अर्यालले दिनुभएको रिटको सुनुवाइ तत्काल सञ्चालन गरी प्रारम्भिक सुनुवाइबाटै निरन्तर सुनुवाइ गर्न आदेश माग गर्नुभएको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशअनुसार विभिन्न संवैधनिक निकायमा गरेको नियुक्ति बदरको माग गर्दै अर्यालले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । न्यायाधीश हरि फुयालको एकल इजलासको आदेशपछि अर्यालले दायर गर्नुभएको रिटको सुनुवाइ रोकिएको थियो ।

तपाईको प्रतिक्रिया