डिपेको पहिलो हयाट्रिकमा नेदरल्याण्ड्सको विशाल जित

  भदौ २३, २०७८

काठमाडौं, भदौ २३ : मेम्फिस डिपे अन्तर्राष्ट्रिय फुटबल खेलमा आफ्नो पहिलो हयाट्रिक पुरा गर्नुभएको छ । नेदरल्याण्ड्सले टर्कीमाथि ६–१ को जित हात पार्दा डिपेले हयाट्रिक गोल गर्नुभयो ।

टर्कीमाथि जितसँगै नेदरल्याण्ड्सले समूह जी को शीर्षस्थानमा उक्लिन सफल भएको छ । डेभी क्लास्सेनले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्दै नेदरल्याण्ड्सलाई १–० को अग्रता दिलाउनुभयो । बार्सिलोनाका फरवार्ड डिपेले १६ औं, ३८ औं र ५४ औं मिनेटमा लगातार तीन गोल गर्दै नेदरल्याण्ड्सको टर्कीमाथि ४–० को अग्रता दिलाउन सफल हुनुभयो ।

गुस टिल र डोनेल मालेनले गोल थप्दा नेदरल्याण्ड्सले अग्रतालाई ६–० को अग्रता लियो । लेष्टर सिटीका डिफेन्डर काग्लार सोयुन्सुले रातो कार्ड पाउँदै मैदानमा बाहिरिदा टर्की दश खेलाडीमा सीमित हुन पुग्यो । अतिरिक्त समयमा सेन्गिज अन्डरले सान्त्वना गोल गर्दा खेल ६–१ मा टुङ्गिन पुग्यो ।

तपाईको प्रतिक्रिया